महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- गाउँ सहर डेस्क
- १३ फाल्गुण मंगलबार, २०८१ | २०:१४:०० मा प्रकाशित

काठमाडाैँ । महाशिवरात्रि शिव र पार्वतीको पूजा गर्ने महान पर्व हो । यस दिन शिव मन्दिरमा दर्शन र पूजा गर्ने चलन छ । यस दिन घरमा पनि शिवको पूजा र मन्त्र जप गर्नुपर्छ ।
ज्योतिषी पण्डितहरूका अनुसार महाशिवरात्रिमा पति-पत्नीले मिलेर शिवको पूजा गर्नाले आपसी प्रेम बढ्छ र भगवानको कृपाले दाम्पत्य जीवनमा सुख शान्ति कायम रहन्छ । पूजामा शिव-पार्वतीको मन्त्र ओम उमा महेश्वराय नमः कम्तीमा १०८ पटक जप गर्नुपर्छ ।
श्रीमान श्रीमतीले किन सँगै पूजा गर्नुपर्छ ?
विवाहको समयमा पति र पत्नीले एकअर्कालाई सात वाचा गर्छन् । यी सात प्रतिज्ञामध्ये श्रीमान्–श्रीमतीले मिलेर धार्मिक कार्य र तीर्थयात्रा गर्ने छन् । यदि पति वा पत्नीले एक्लै पूजा वा तीर्थयात्रा गरेमा उसलाई पूर्ण पुण्य प्राप्त नहुने विश्वास छ । सँगै पूजा गर्दा आपसी समन्वय बढ्छ । धार्मिक कार्य तथा तीर्थयात्रा गर्नाले विचारमा सकारात्मक परिवर्तन आउनुका साथै दाम्पत्य जीवनमा हुने विवाद शान्त हुन्छ । एकअर्काप्रति समर्पण र प्रेमको भावना कायम रहन्छ ।
यदि तपाईं राम्ररी पूजा गर्न सक्नुहुन्न भने शिवलिंगमा जल चढाउनुहोस्
महाशिवरात्रिमा उचित पूजा गर्न नसक्नेहरूले पनि शिवलिंगमा जल र बेलको पात चढाएर सामान्य पूजा गर्न सक्छन् । ओम नमः शिवाय मन्त्र जप गर्दा पति पत्नीले मिलेर शिवलिंगमा जल चढाउनुपर्छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
- तपाईंकाे ऋण छ अनि कसरी तिर्ने तनावमा हुनुहुन्छ ?
प्रतिकृया दिनुहोस