चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- गाउँ सहर डेस्क
- १७ फाल्गुण शनिबार, २०८१ | १९:३५:०० मा प्रकाशित

काठमाडाैँ । पछिल्लाे समय खुब चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट । याे सूची बुझ्नु अघि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) Financial Action Task Force (FATF) बुझ्नु जरूरी हुन्छ ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरानी राख्ने कार्यकाे नेतृत्व गर्दछ । हाे त्यहि अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राखेको हाे । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको पहल कमजोर भएसँगै खैरो सूचीमा परेको हो ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुप (एपीजी)ले गरेको नेपालको म्युचुअल एभ्यालुएसनपछि एक वर्ष अगाडि नेपाललाई सुधार गर्ने एक वर्षको समय दिएको थियो । उक्त अवधिमा पनि एपीजीले औंल्याएका कमजोरी सुधार गर्न नसक्दा नेपाल खैरोसूचीमा परेको हो । तर यी मात्र कारण हाेइनन् अन्य कमजाेरीले पनि मलजल गर्न पुगेकाे हाे ।
एफएटीएफको हालै २१ फेब्रुअरी २०२५ मा सम्पन्न आफ्नो पूर्ण बैठकले फिलिपिन्सलाई हटाएकाे थियाे भने लाओस र नेपाललाई आफ्नो ग्रे लिस्टमा थपेकाे थियाे । विशेष गरी अवैध धन नियन्त्रणमा अनुसन्धान र अभियोजन कमजोर भएका कारण नेपाल ग्रे लिस्टमा परेको जानकारहरू बताइरहेका छन् जसकाे चर्चाले अहिले शासनदेखि भूइँ तातेकाे हाे ।
एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) ले दुई वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ‘पारस्परिक मूल्यांकन प्रतिवेदन’ (म्युचुअल इभालुएसन) गरेर एफएटीएफलाई प्रतिवेदन बुझाएको थियो । जसमा एफएटीएफले ४० वटा सुधारका क्षेत्रहरू औंल्याएको थियो । साथै सम्पत्ति शुद्धीकरण निवारणका लागि कानुनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोत साधन परिचालन, अन्तरनिकाय समन्वयलगायत विषयमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिइएको थियो । जसलाई सुधार गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेकाे हाे ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
- तपाईंकाे ऋण छ अनि कसरी तिर्ने तनावमा हुनुहुन्छ ?
- राप्रपाले बिराेध नगरेकाे संविधान दिवस
- आज जनैपूर्णिमा पर्व मनाइँदै, यी हु्न् जनै धारण गर्नाले शरीरमा हुने फाइदा
- जनै खटिरा किन र कस्ता मानिसलाई आउँछ, के छ उपचारकाे उपाय ?
- कण्डमबारे राेचक इतिहास र यस्ता छन् फाइदा/बेफाइदा
- के हाे हैजा, बच्ने उपाय र घरेलु उपचार यस्ताे छ
प्रतिकृया दिनुहोस