आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- गाउँ सहर डेस्क
- २४ चैत आइतबार, २०८१ | ०८:२३:०० मा प्रकाशित

काठमाडाैं । आज अर्थात आइतबार रामनवमी पर्व । चैत शुक्ल नवमीका दिन भगवान श्रीराम अर्थात भगवान विष्णुको सातौं अवतारका रुपलाई हामी पुज्ने गर्दछौँ ।
रामायण महाकाव्यका रचयिता महर्षि वाल्मीकिले आफ्नो ग्रन्थमा भगवान श्रीरामको चर्चा गरेका थिए ।
भगवान रामलाई पुरुषहरुमा सबैभन्दा उत्तम पुरुष अर्थात् मर्यादा पुरुषोत्तमसमेत भनिन्छ । त्रेतायुगमा जन्मिएका राम अयोध्याका महाराज दशरथका जेष्ठ पुत्र हुन् ।
श्रीरामका भरत, लक्ष्मण र शत्रुधन तीन भाइ थिए । रामकी आमाको नाम कौशल्या हो भने सुमित्रा र कैकयी रामका माहिली र कान्छि आमा हुन् ।
रामको विवाह त्रेतायुगका मिथिला (हाल नेपालको जनकपुरधाम) का राजा जनककी पुत्री सीतासँग भएको थियो । राजा दशरथले रानी कैकयीलाई दिएको वचन अनुसार रामले १४ वर्ष वनवास जीवन बिताउनु परेको थियो ।
भगवान श्रीरामका बारेमा महर्षि वाल्मिकिले अनेकौं कथा लेखेका छन् । आदिकवी भानुभक्त आर्चायले पनि नेपालीमा रामायण लेखेका छन् ।
यस अलावा भारतीय प्रसिद्ध महाकवि तुलसीदासले समेत रामामण लेखेका थिए । जसमा भगवान रामाद्धारा गरिएको अनेकौ महान कार्यलाई गौरवमयी धार्मीक इतिहासका रुपमा मान्ने गरिन्छ । भगवान श्रीरामका जीवनीका बारेमा धेरै हिन्दुहरु जानकार छन् ।
राम बारेका ९ महत्वपुर्ण जानकारी यस्ता छन् :
१. वनवासको समयमा भगवान श्रीराम मात्र २७ बर्षको थिए ।
२. लवकुश श्रीराम सीताको जुम्ल्याहा सन्तान थिए ।
३. राम–रावण युद्धको समयमा भगवान इन्द्रले श्रीरामलाई दिव्य रथ पठाएका थिए ।
४. चैत्र शुल्क नवमीको दिन श्रीरामको जन्म भएकाले हरेक वर्ष यसदिनलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।
५. भगवान श्रीरामले रावणको वध पछि रावणका भाई विभीषणलाई लंका सुम्पिएका थिए ।
६. ढुंगा बन्ने श्राप पाएकी गौतम ऋषिकी पत्नी अहिल्यालाई श्रीरामले मुक्ति दिलाएका थिए ।
७.अरण्य नामक राजाले रावणलाई आफ्नो वंशको युवकले मार्ने श्राप दिएका थिए, श्रीराम सोहि वशंका थिए ।
८. सीतालाई रावणको कैदबाट छुटाउन श्रीरामले एकादशीको व्रत लिएका थिए । त्यहि बेलाबाट एकादशी व्रत बराबरको पुण्य अरुकुनै व्रतबाट नमिल्ने मान्यता छ ।
९. वनवासबाट अयोध्या फर्केको दिन अयोध्यावासिले दिपोत्सव गरेका थिए सोहि दिनको सम्झनामा हरेक वर्ष तिहार (दिपावली) मनाइन्छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
- तपाईंकाे ऋण छ अनि कसरी तिर्ने तनावमा हुनुहुन्छ ?
प्रतिकृया दिनुहोस