यस्ता छन्, नीति तथा कार्यक्रमका मुख्य प्राथमिकता
- गाउँ सहर डेस्क
- ५ जेठ शुक्रबार, २०८० | १८:००:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल सडक खाली नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् पुगेका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले राष्ट्रपति पौडेललाई संघीय संसद् भवनमा स्वागत गरे ।
राज्य र गणतन्त्रप्रति नागरिकको भरोसा बढेको छ, सुशासनमा कुनै सम्झौता हुने छैन, संविधान कार्यान्वयनको अभ्यास उत्साहजनक भएकाे राष्ट्रपति पौडेले बताए ।
यस्तो छ, राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रम :
राज्यको तीन वटै तहमा विधिको शासन कायम गर्न सरकार जिम्मेवार रहेको छ ।
अर्थतन्त्रको विस्तार, विकासनिर्माण कार्यमा तीव्रता, सामाजिक न्याय तथा राष्ट्रिय हितको संरक्षणमा सरकार आफ्नो सम्पूर्ण शक्ति संरक्षणमा अघि बढेको छ।
राष्ट्रिय सार्वभौमिकता, भौगालिक अखण्डता हाम्रो सर्वोपरी लक्ष्य हो ।
संविधानको प्रभावकारी कार्यान्वयन, गुणस्तरीय सेवा प्रवाह, शासकीय व्यवस्थामा सुधार, उत्पादन र रोजगारीमा वृद्धि, आर्थिक सामाजिक विभेदको अन्त्य, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयलाई सरकारले प्राथमिकता दिनेछ ।
तीनै तहका सरकारको अपनत्व कायम गरिनेछ । राष्ट्रिय प्राथमिकताका विषय नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ । अर्थतन्त्रको समग्र, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून वृद्धिदर खर्च, राजस्व परिचालनको चापलाई सम्बोधन गरिनेछ ।
निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रुपमा अघि बढाइने छ । विदेशी लगानी प्राथमिकताको क्षेत्र विस्तार गरिनेछ । राजस्वको दायरा विस्तार गरिनेछ ।
आगामी वर्ष हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।
सार्वजनिक यातायात व्यवस्थापनमा संघ र प्रदेशको नीति स्पष्ट पारिनेछ ।
राष्ट्रिय र संघीय यातायात नीति अवलम्बन गरिनेछ ।
पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइनेछ ।
सार्वजनिक, निजी, साझेदारी लगानी ऐनमा समयनाकुल संशोधन गरिनेछ ।
सूचीकृत पर्यटन गन्तव्यहरुको अन्तर्राष्ट्रिकरण गरिनेछ ।
२०८० को दशकलाई भ्रमण दशकको रुपमा मनाइनेछ ।
‘हाम्रो सम्पदा राम्रो सम्पदा’ सञ्चालनमा ल्याइनेछ । नयाँ पर्यटकीय गन्तव्यको विस्तारमा जोड दिइनेछ । सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको विकास र पहिचान गरिनेछ ।
साझेदारी लगानी ऐनमा समय अनुकुल संशोधन गरिनेछ ।
निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाइनेछ ।
साहसिक पर्यटन र चलचित्र पर्यटनको विकास र विस्तार गरिनेछ ।
स्रष्टाको वृत्ति, विकासका लागि स्रष्टा वृत्ति कार्यक्रम ल्याइनेछ ।
मेलम्ची खानेपानी आयोजनालाई दिगो र १२ महिना सञ्चालन गर्ने गरी आवश्यक कार्य अगाडि बढाइनेछ ।
स्थानीय तहलाई फोहोर व्यवस्थापनका लागि प्रविधि र प्राविधिक सहयोग गरिनेछ।
ग्रामीण उत्पादनको सजिलै बजारीकरण गर्न साना बजार, आधारभूत सेवासहित विकास गरिनेछ ।
काठमाडौं, उपत्यका लगायतका नदी किनारमा रहेका भूमिहीनलाई उचित व्यवस्थित गरेर नदी किनार खाली गराइने छ ।
मध्य पहाडी लोकमार्गको आसपासका १० वटा सहरलाई नयाँ सहरको रुपमा विकास गरिनेछ ।
एकल महिला एवं ज्येष्ठ नागरिकलाई लक्षित आवास, पार्क र उद्यान निर्माण गरिनेछ ।
सरकारी कार्यलयमा विद्युतिय सवारीसाधान खरिद गर्ने नीति ल्याइनेछ ।
कोशी, गण्डकी, कर्णाली, भेरी लगायतका प्रमुख नदीमा जलमार्गको विकास गरिनेछ ।
पूर्व पश्चिम राजमार्गको विस्तार कार्यलाई निरन्तरता दिइनेछ ।
देशका प्रमुख सहरमा भूमिगत विद्युत प्रणालीलाई विस्तार गरिनेछ ।
बूढी गण्डकी जलविद्युत आयोजना प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
हाइड्रोजन उत्पादन र प्रयोगको सभाव्यता अध्ययन गरिनेछ ।
हरित ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइनेछ ।
ऊर्जामा सबै नागरिकको पहुँच पुर्याइने छ ।
तीनै तहको सरकारको समन्ययनमा ससफाई कार्यक्रमलाई राष्ट्रिय कार्यक्रममा समावेश गरिनेछ ।
सहरी तथा राजमार्ग वरीपरी यात्रु, पर्यटक, सेवाग्राहीको अत्याधिक चाप हुने स्थलमा सुविधासम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधिमा आम नागरिकको पहुँच स्थापित गरिने छ ।
अन्तर्राष्ट्रियबाट प्राप्त हुने सहुलियत ऋण ठूला परियोजनामा केन्द्रित गरिने ।
सञ्चार उद्योगलाई ज्ञानमा आधारित उद्योगको रुपमा विकास गरिनेछ ।
सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीमार्फत अन्तर आबद्धता कायम गरी सेवा उपलब्ध गराइनेछ ।
आगामी वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर एकीकृत प्रशारण सेवा सञ्चालन गरिनेछ ।
एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयनमा ल्याइनेछ ।
दुरसञ्चार सेवालाई थप सुलभ गुणस्तर र प्रतिस्पर्धात्मक बनाइनेछ ।
श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
पत्रकार तथा आमसञ्चार माध्यमका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने ।
तीनै तहबीच विपत् सम्बन्धी कार्यक्रमलाई चुस्त बनाइनेछ ।
जलवायु जन्य जोखिमा रहेका परिवारलाई सुरक्षित ठाउँमा लैजाने काम हुनेछ ।
साइबर सुरक्षा सम्बन्धी छुट्टै कानुन बनाइनेछ ।
हिमाल बचाउ अभियान सुरु गरिनेछ ।
जलवायु परिवर्तनका मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्दि गरिनेछ ।
जल तथा मौसम पूर्वानुमान प्रणाली थप विश्वसनीय बनाउन थप प्रभावकारी सूचना सम्प्रेषण प्रणाली ल्याइनेछ ।
कानुन निर्माण गरी कार्बन व्यापारको प्रक्रिया अगाडि बढाइनेछ ।
पूर्वाधार विकासका लागि आवश्यक पर्ने नदीजन्य खनिज ढुंगा, गिटी बालुवा जस्ता अनियन्त्रित दोहान रोक्न, मानव बस्तीमा परेको जोखिम न्यूनीकरण र सहज आपूर्ति लगायत सरकारको जिम्मेवारी एकिन गर्न आवश्यक कानुनको व्यवस्थापन गरिनेछ ।
सबै समुदायको महिला तथा किशोरीको आय आर्जन हुने गरी सामाजिक तथा आर्थिक प्रणालीको विकास गरिनेछ ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन भएका अस्पताल थप सुदृढ गरिनेछ ।
जेष्ट नागरिकको ज्ञान र अनुभवलाई राष्ट्र निर्माणको लागि उपयोग गरिनेछ ।
अपांगता भएको आर्थिक तथा सामाजिक सशक्तिकरण, सम्मानजनक जीवन बाँच्न पाउने तथा आत्मनिर्भर बनाइनेछ ।
हिंसा पीडित, यौनिक तथा अल्पसंख्यक समुदायका महिला तथा किशोरीको आर्यआर्यजन र वृद्धि विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।
सबैखाले बालशोषणको अन्त्य गरिनेछ ।
दुर्गमका गर्भवती र सुत्केरीको हवाई उद्धार गर्न तथा व्यवस्थित गरिनेछ ।
नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता र प्रतिनिधत्वलाई सूनिश्चित गर्दै व्यक्तित्व विकासमा जोड दिइनेछ ।
जेष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवामा सहुलियत प्रदान गरिनेछ ।
सर्वसुलभ गुणस्तरीय शिक्षको अवधारणा बमोजिम शिक्षा क्षेत्र अगाडि बढाइनेछ ।
सडक मानवमुक्त समाज निर्माण गरिनेछ ।
शिक्षा क्षेत्रका छात्रवृद्धि कार्यक्रम एकद्धार प्रणलीबाट प्रदान गरिने ।
विद्यार्थीलाई विद्यालय ल्याउने, टिकाउने र सिकाउने अभियान सञ्चालन गरिनेछ ।
कमाउँदै पढ्दै अभियानलाई कार्यक्रमको रुपमा सञ्चालन गरिने ।
विद्यालय तहको पाठ्यक्रमलाई समयानुकुल परिवर्तन गरिनेछ ।
कमाउँदै पढ्दै अभियानलाई कार्यक्रमको रुपमा सञ्चालन गरिने ।
हाम्रो स्कुल, बनाऔं राम्रो स्कुल कार्यक्रम सञ्चालन गरिनेछ ।
पढ्दै कमाउँदै कार्यक्रमको रुपमा सञ्चालन गरिनेछ । यस वर्ष जस्तै प्रत्येक वर्ष शैक्षिक सत्रको सुरुमै पठ्यपुस्तक उपलब्ध हुने सुनिश्चित हुनेछ ।
उच्च शिक्षामा सबैको सहज पहुँच बनाइनेछ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा, सुविधा लगायतको विषय सम्बोधन गरिनेछ ।
हरेक स्थानीय तहको एक विद्यालयलाई ‘स्मार्ट विद्यालय’ बनाइनेछ ।
योग र ध्यानका विषयलाई उच्च शिक्षाको पठन पाठनमा समावेश गरिनेछ ।
शैक्षित क्यालेन्डर परिमार्जन गरिनेछ ।
प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गरिनेछ ।
निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाइने ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिनेछ ।
सामुदायिक अस्पतालमा एक चिकित्सक व्यवस्था गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गरिने ।
मेडिकल कलेजहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।
असहाय र ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
महिलामा हुने पाठेघरको मुखको र स्तनको क्यान्सरको प्ररम्भिक उपचारलाई देशैभरी विस्तार गरिनेछ ।
वार्षिक खेलकुद क्यालेन्डर तयार गरिनेछ ।
राष्ट्रिय जनसंख्या नीतिमा पुनरावलोकन गरिनेछ ।
एक वर्डा एक खेल मैदान एक पालिका एक कभर्डहल बनाइनेछ ।
दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाइनेछ ।
निजामती अस्पतालाई विशिष्टिकृत बनाउँदै सातवटै प्रदेशमा विस्तार गरिनेछ ।
आधारभूत आवश्यक औषधि स्वदेशमा नै उत्पादन गरेर आत्मनिर्भर बनाइनेछ ।
मर्यादित श्रमसहितको रोजगारीको व्यवस्था गरिनेछ । न्यूनतम पारिश्रमिकको प्रत्याभूति मिलाइनेछ ।
युवा रोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।
सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रभावकारी नतिजामुखी बनाउँदै काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ ।
स्वचालित ज्याला प्रणाली लागू हुनेछ ।
वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । विदेशी दूतावासमा राखिएको श्रमिक हेल्थ डेस्कलाई थप प्रभावकारी बनाइनेछ ।
हरेक वडामा जनगुनासो सुन्ने केन्द्र बनाइनेछ ।
सबै किसिमका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिनेछ ।
आयुर्वेदिक अस्पतालको सेवा प्रभावकारी बनाइने छ ।
सघीय निजामती विधेयकलाई चालू अधिवेशनमा संसदमा पेश गरिनेछ ।
सुरक्षा निकायलाई समयानुकुल ब्यवसायिक र सुविधा सम्पन्न बनाइनेछ ।
हेलो सरकारलाई थप प्रभावकारी बनाएर स्थनीय तहसम्म विस्तार गरी स्थानीय तहमा हुने सेवा प्रवाहको गुणस्तरको वृद्धि गरिनेछ ।
सबै संघीय अस्पताल र निजामती अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गरिनेछ ।
लागू पदार्थ सेवनविरुद्धको अगुवाइमा देशैभर अभियान सञ्चालन गरिनेछ ।
राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
एक वर्षभित्र राष्ट्रिय परिचय पत्रलाई व्यवस्थित गरिनेछ ।
गेटा विश्व विद्यालय सम्बन्धि विद्येयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ। उक्त अस्पताल यसै वर्ष सञ्चानमा ल्याइनेछ ।
सीमा स्तम्भको नियमित सम्भार, मर्मत गरिनेछ ।
नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गरिनेछ ।
अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप व्यवस्थित बनाइनेछ ।
न्याय सेवालाई छिटो र छरितो बनाउन उच्चस्तरीय न्यायसुधार आयोग गठन गरिनेछ ।
युवाहरुमा राष्ट्र सेवा भाव जागृत गर्न शारीरिक तथा मानसिक विकास गर्न तालिम सञ्चालन गरिनेछ ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक कानुन तर्जुमा गर्ने तथा व्यवस्थापन गर्ने काम अगाडि बढाइनेछ।
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र समाधान गरिनेछ ।
कालोबजारी र एकाधिकार गर्नेलाई निरुत्साहित गरिनेछ।
भ्रष्टाचार विरुद्दको शून्य सहनशीलतालाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
उच्चपदस्थ वा जो कोहीले आर्जन गरेको अवैध सम्पत्ति छानविन गरिनेछ ।
कालोबजारी र एकाधिकार गर्नेलाई निरुत्साहित गरिनेछ।
भ्रष्टाचार विरुद्दको शून्य सहनशीलतालाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
आर्थिक पारदर्शिता र वित्तीय अनुशासनको प्रक्रियालाई पालना गरिनेछ ।
संवैधानिक निकायको संस्थागत सुदृढीकरण गरिनेछ ।
गुणस्तरी स्वास्थ्य सेवा सबै नागरिकको प्रहुँच सुनिश्रित गरिने छ ।
आर्थिक पारदर्शिता र वित्तीय अनुशासनको प्रक्रियालाई पालना गरिनेछ ।
विदेशमा रहेका नेपालीको हकहितको संरक्षण गरिनेछ ।
मुलुकको स्वतन्त्र र सावैभौमिकताको रक्षा गर्दै सीमासम्बन्धी सबै समस्या कूटनीतमार्फत समाधान गरिनेछ ।
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकीकृत प्रसारण सुरु गरिने ।
नीति तथा कार्यक्रमले संघीयताको विकासमा सहयोग पुग्ने राष्ट्रपति रामचन्द्र पौडेललको विश्वास लिए ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस