नक्कली शरणार्थी प्रकरणमा ओली प्रचण्ड देउवाको बाक्लो दौडधुप, तानिने सम्भावना
- गाउँ सहर डेस्क
- २८ बैशाख बिहीबार, २०८० | १२:०३:०० मा प्रकाशित

काठमाडैं । शरणार्थी प्रकरणमा जोडिएका शीर्ष नेताहरु पक्राउ पर्न थालेपछि तीन दलका शीर्ष नेताहरु नियमित भेटवार्तामा जुट्न थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीतिक वृत्तमा उथलपुथल भइरहेको बेला संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर)ले त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको छ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगको भेटवार्तालाई तीब्रता दिएका छन् । यसरी नै कांग्रेस सभापति शेरबहादुर देउवाले समेत भेटलाई निरन्तरता दिएका छन् । दलका नेताहरुले नियमित भेटवार्ताले नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताहरु नै तानिने देखिएपछि दौडधुप बाक्लो बनाइएको देखिन्छ ।
प्रहरीले बुधबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । टोपबहादुर रायमाझीलाई एमालेले ढिलै भएपनि पार्टी सचिव पदबाट निलम्बन गरेको छ । बालकृष्ण खाँडलाई निलम्बन गर्ने दवाव कांग्रेसमा परेको छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस