शान्तिको मार्ग र मानव जातिको सुखका निम्ति बुद्धका यी २० भनाईहरु
- गाउँ सहर डेस्क
- २२ बैशाख शुक्रबार, २०८० | १३:२०:०० मा प्रकाशित

काठमाडौं । गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५६३ इसापूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ ।
बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप, तप र साधनाको लागि हिँडेका थिए ।
उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीले आज विशेष तरिकाले २५६७ औँ बुद्ध जयन्ती मनाइरहेको छ ।
यति बेला लुम्बिनी क्षेत्र विशिष्ट तरिकाले सिँगारिएको छ । रङ रोगन तथा सरसफाइले मायादेवी मन्दिर, अशोक स्तम्भलगायतका पुरातात्त्विक संरचनाहरू मनमोहक बनेका छन् । उद्यान क्षेत्र बत्तीले झिलिमिली छ । ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका नयाँ तुल ब्यानर टाँगिएका छन् ।
बुद्ध पूर्णिमा मनाउन धर्मावलम्बी, पर्यटक र आगन्तुकहरू बाक्लो संख्यामा लुम्बिनी पुगेका छन् । यस अवसरमा लुम्बिनीमा आज विशेष समारोह आयोजना गरिएको छ ।
गौतम बुद्धका २० महान भनाईहरु
१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।
३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।
५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।
७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।
८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
९. प्रयोग नगरुन्जेलसम्म तपाईँले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
१०. जुन बेला तपाईँले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।
१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।
१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।
१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।
१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।
१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।
१७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
१८. हामी जे सोच्छौँ त्यहि बन्छौँ ।
१९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
२०. खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस