गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियताप्रति मुख्यमन्त्री सन्तुष्ट
- विष्णुहरि पाैडेल
- २३ चैत बिहीबार, २०७९ | १३:४२:०० मा प्रकाशित

पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पुरा हुन लागेको अवसरमा पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वरभुमी हो, यो उर्वर भुमीलाई थप उर्वर बनाउन स्थापनाको छोटो समयमानै प्रतिष्ठानले खेलेको भुमिका प्रति सन्तुष्ट छु’ उनले भने । प्रतिष्ठानले एकसाथ आयोजना गरेका पाँचवटा कार्यक्रममा सहभागी बन्दै उनले प्रतिष्ठानलाई थप क्रियाशिल बनाउन आफ्नो साथ सदैव रहने वाचा गरें । प्रतिष्ठानले गरेका कार्य र यसको सक्रियताले यो क्षेत्रमा थप रौनकता थप्ने विश्वास उनको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, रंगकर्मी शिव संकल्प लगायतले बोलेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
‘गण्डकी नाट्यदर्पण’ प्रकाशन
प्रतिष्ठानले गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको छ । दुईसय पेजको यो पुस्तकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाट्य गतिविधिको इतिहास र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशमा सामुदायिक नाट्यचेतको अवस्था बारेको जानकारीसँगै नाट्य क्षेत्रमा स्थापित बनेका नाट्यकारको अन्र्तवार्ता पुस्तकमा समावेश छ । मनकुमार श्रेष्ठ, परिवर्तन र शिवसंकल्पले सम्पादन गरेको यो पुस्तक गण्डकी प्रदेशको नाट्य क्षेत्रबारे थाहा पाउने महत्वपूर्ण पुस्तक बन्ने विश्वास प्रतिष्ठानले गरेको छ ।
यो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी तयार पारेको छ । जस अन्र्तगत संस्कृतीकर्मी तीर्थ श्रेष्ठको वायोग्राफी विमोचन समेत गरिएको छ ।
प्रतिष्ठानले झलकमान गन्र्धव सारङ्गी पाठशालासँगको सहकार्यमा २५ जनालाई सारङ्गी प्रशिक्षण गराउने भएको छ ।
प्रतिष्ठानले स्रष्टा स्वास्थ्य विमा कार्यक्रमको समेत थालनी गरेको छ भने परम्परागत गीत संरक्षणको समेत सुरुवात गरेको छ । जस अन्र्तगत गन्र्धव जातीको तरबार गीत विमोचन भएको छ । बाह्रमणको बालन, गुरुङहरुको मृत्यु संस्कार मात्र बजाइने गीत र मगरहरुको कालीगण्डकीमा मात्र जिवित रहेको गीतलाई तयार पारेर संग्रह गरिएको जनाइएको छ ।
प्रतिष्ठानले आगामी बैशाखमा आफ्नो दोस्रो स्थापना दिवस मनाउने तयारी गरेको छ ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- कृषिकै भरमा संयुक्त परिवार पाल्दै पोखरा रिठेपानीका ‘अरबे साईंला’
- पोखरामा प्रथम राष्ट्रिय नाथ सम्मेलन सम्पन्न
- भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम
- पोखराको लामगादीमा गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता हुने
- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संर्घष समितिद्वारा ज्ञापन पत्र
- कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
- लेउवा संघको महासचिवमा तिवारीले उमेदवारी दिने
- लेउवाकाे २७ औं स्थापना दिवस, पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष
- विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सधैँ सँगै छ : मुख्यमन्त्री पाण्डे
- पोखरा २९ मा किसान महासंघकाे आयोजना असार १५
प्रतिकृया दिनुहोस