कला
लघुकथा : एआई
- विनोद नेपाल
- १ कार्तिक शनिबार, २०८३ | ०९:२४:०० मा प्रकाशित
सामाजिक सञ्जालमा उसको सक्रियता निकै थियो।
केही दिनदेखि भने ऊ अलि भिन्नै रूपमा प्रस्तुत हुन थालेको थियो।
देख्नेहरू आफैँसँग प्रश्न गर्न थाले– उसमा यो परिवर्तन कसरी आयो? त्यस्तो क्षमतावान् त होइन ऊ। यस्तो क्षमता कसरी सम्भव भयो? के यो ऊ नै हो त?
तर जवाफ भेट्टाउन सकिरहेका थिएनन्।
जिज्ञासै जिज्ञासा मात्र थियो, कौतूहलै कौतूहल मात्र थियो उनीहरूसँग, तर निष्कर्षमा पुग्न त के कुरा, कुनै अनुमानसम्म पनि गर्न सकिरहेका थिएनन्।
यत्तिकैमा टोलाइरहेका उनीहरूको कानमा एउटा आवाज पर्यो, ‘अदृश्य शक्ति!’
उनीहरू आवाज आएतर्फ फर्के।
त्यहाँ ङिच्च हाँसिरहेको थियो एआई।
प्रतिकृया दिनुहोस