अक्षरयात्राको १९७औं श्रृङ्खला सम्पन्न
- विष्णुहरि पाैडेल
- १९ चैत आइतबार, २०७९ | ०६:४९:०० मा प्रकाशित

पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूल मन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भएकाे छ ।
कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि अवकाशपछि संस्था गठन गरेर भाषा तथा साहित्यको सेवामा लागेको र दुई दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भइ स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै काव्य वाचन गरी कार्यक्रम सुरु गरेका थिए ।
सो अवसरमा अक्षरयात्राका परिकल्पनाकार मध्येका एक परिकल्पनाकार लक्ष्मण थापाले दुईहजार बैसठ्ठी सालदेखि सन्चालित यो कार्यक्रमले पोखरा ओरिपरी मात्र नभै लम्जुँग, तनहुँ, पाल्पा, स्याँग्जा र पर्वतका बिभिन्न प्रसिद्ध पर्यटकीय ठाउँहरुमा आवश्यकता अनुसार एक दिवसीय र दुई दिवसीय यात्रा गरेको, कार्यक्रमसँग नेपालका प्रायः सबै साहित्यकारहरु कुनै न कुनै कालखण्डमा जोडिएका जानकारी दिँदै पोखराकै सेरोफेरोमा रहेको साहित्यिक संस्थासँग सहकार्य गर्न पाएकोमा सन्तोष लागेको बताए ।
कार्यक्रममा प्रसिद्ध साहित्यकार, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अन्जान, गुरुप्रसाद बराल, संदीप अधिकारी, हरीप्रसाद बराल, माधव खतिवडा र वसन्त विनोद लगाएत साहित्यकारहरुले तत्स्थानीय सिर्जना वाचन गरेका थिए ।
कार्यक्रमको परम्परा अनुसार स्थानीय व्यवस्थापन गर्ने संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित भएको थियो भने कार्यक्रमको संचालन गजलसन्ध्याका सहसचिव माधव खतिवडाले गरे ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- कृषिकै भरमा संयुक्त परिवार पाल्दै पोखरा रिठेपानीका ‘अरबे साईंला’
- पोखरामा प्रथम राष्ट्रिय नाथ सम्मेलन सम्पन्न
- भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम
- पोखराको लामगादीमा गाईजात्रा महोत्सव तथा तायामचा नृत्य प्रतियोगिता हुने
- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संर्घष समितिद्वारा ज्ञापन पत्र
- कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
- लेउवा संघको महासचिवमा तिवारीले उमेदवारी दिने
- लेउवाकाे २७ औं स्थापना दिवस, पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष
- विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सधैँ सँगै छ : मुख्यमन्त्री पाण्डे
- पोखरा २९ मा किसान महासंघकाे आयोजना असार १५
प्रतिकृया दिनुहोस