सेयर बजारमा दोहोरो अंकले वृद्धि
- गाउँ सहर संवाददाता
- १७ असार मंगलबार, २०८२ | १५:१९:०० मा प्रकाशित

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार २८.९१ अंकले बढेर २६६२.९२ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड १६ लाख ४६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ४५ करोड ५५ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख ८८ हजार रुपैंया, सप्तकोशी डेडलपमेन्ट बैंकको २५ करोड २० लाख ५९ हजार रुपैयाँ, यूनियन हाइड्रोपावरको २५ करोड १६ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस