भुटानमाथि नेपालकाे शानदार जित
- गाउँ सहर संवाददाता
- १७ असार मंगलबार, २०८२ | १३:४६:०० मा प्रकाशित

काठमाडौं । रौनक श्रीवास्तवको शतक र कप्तान विपिनप्रसाद शर्मा ४ विकेटकाे सहयोगमा एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा भुटानविरुद्धको खेलमा नेपालले विशाल जित हात पारेको छ ।
मलेसिया भएको खेलमा नेपालले भुटानमाथी २ सय ९८ रनको फराकिलो जित हात पारेको हो । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउदै ६० रन बनायो । भुटानको अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो ।
भुटानका लागि सुजन दावा सर्वाधिक १४ रनमा आउट भए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो ।
नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । नेपालको सुरुवात भने राम्रो रहन सकेको थिएन । नेपालले १७ रन जोड्दा २ ओपनरहरुलाई गुमाएको थियो । तर, तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग मिलेर ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए ।
शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रनमा आउट भए । चौथो विकेटका लागि रौनकले सुगम बुढाथोकीसँग मिलेर ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन जोडे ।
पाँचौ विकेटका लागि रौनकले जोय थापासँग मिलेर १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे । अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी १४ बलमा ७ तथा परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिए ।
नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । यो समूहबाट दोस्रो स्थानमा रहदै सिंगापुरले सेमिफाइनलमा स्थान बनाएको छ ।
पराजित भुटान समूह चरणमा खेलेको चारै खेलमा पराजित हुदै अंक बिहिन भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरीएको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार थिए । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियासँग नेपालले बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ । समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
प्रतिकृया दिनुहोस