विश्व
‘सबै चोरहरूको उपनाम मोदी’ भनेर टिप्पणी गरेका राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
- एजेन्सी
- ९ चैत बिहीबार, २०७९ | १३:२०:०० मा प्रकाशित

नयाँ दिल्ली । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । राहुल गान्धीले, ‘सबै चोरहरूको उपनाम मोदी’ भनेर टिप्पणीसँग सम्बन्धित मुद्दाको सुनुवाइका क्रममा गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।
सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् । यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस