आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- एजेन्सी
- १७ माघ बिहीबार, २०८१ | ०९:०७:०० मा प्रकाशित
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानमाओ खाडीमा रहेको बन्दी गृहलाई बढाउने विषयमा हस्ताक्षर गरेका छन्।
आप्रवासी राख्नका लागि नै सो निर्णय गरिएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनले अमेरिकामा रहेका उच्च प्राथमिकतामा रहेका अपराधीलाई उक्त स्थानमा लगेर राख्नका लागि गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।
क्युबाको दक्षिण पूर्वमा रहेको ग्वान्टान्माओ क्षेत्र सन् १८९८ मा भएको स्पेन अमेरिका युद्धपछि अमेरिकाले कब्जामा लिएको हो।
सन् २००२ मा त्यस स्थानमा जेल खडा गरेर आठ सय जना शङ्कास्पद आतङ्कवादी राखिएको थियो। बाइडेन प्रशासनको समयमा त्यहाँ ३० जना रहेको जनाइएको छ।
राष्ट्रपति ट्रम्पले त्यहाँ ३० बेड राख्न मिल्ने बताएका छन्। देशले पनि स्वीकार गर्न नसक्ने अपराधमा संलग्न अवैध आप्रवासीलाई त्यहाँ राखिने ट्रम्पले जनाएका छन्। क्युबाका राष्ट्रपति मिगुयल डियाज क्यानलले यसलाई क्रूरता भनेका छन्।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
- भ्रष्टाचार मुद्दामा बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदाले पाइन् सफाइ
- भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- ट्रम्पलाई स्वागत गर्दै बाइडेन
प्रतिकृया दिनुहोस