गाउँ सहर

गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो

  • एजेन्सी
  • २० चैत बुधबार, २०८१ | १२:५८:०० मा प्रकाशित

गुजरात । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् ।​​

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।

प्रहरीका अनुसार, शुरूमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो ।

घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

एजेन्सी

तपाईँको मत