जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- एजेन्सी
- १७ फाल्गुण शनिबार, २०८१ | ०९:५७:०० मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसले युक्रेनमा गैरकानूनी र अनुचित रूपमा आक्रमण गरेको बताएका छन् । ट्रुडोले आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ । लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताको लागि उनीहरूको लडाई सबैका लागि महत्वपूर्ण लडाईं हो ।’
प्रधानमन्त्री ट्रुडोले क्यानडाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्ने पनि बताएका छन् । शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाको भ्रमणमा थिए । त्यहाँ उनी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच रुस–युक्रेन युद्ध र शान्ति सम्झौताको मुद्दामा चर्को बहस भएको थियो । यस विषयमा अहिले विश्वभरका देशहरूबाट प्रतिक्रियाहरू आइरहेका छन् ।
अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित जेलेन्स्कीले वासिङ्टन भ्रमण गरेका थिए । तर, ह्वाइट हाउसमा भएको छलफलपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
प्रतिकृया दिनुहोस