अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
- एजेन्सी
- १६ माघ बुधबार, २०८१ | १४:४३:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।
आईसीईको सूचीअनुसार अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरसका नागरिक छन् । होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासनमा पर्नेछन् । त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना निष्कासित हुनेछन् ।
सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आईसीईका अनुसार उक्त सूचीमा सन् २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेकाहरू समावेश छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई घर फर्काउन थालेको हो । ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु, दर्जनौँ घाइते
प्रतिकृया दिनुहोस