चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न
- गाउँ सहर संवाददाता
- २९ माघ आइतबार, २०७९ | ०९:०८:०० मा प्रकाशित
.jpeg)
सुनापति, रामेछाप । सुनापति गाउँपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ ।
प्रतियोगितामा अग्लेश्वर मावि दिमिपोखरी प्रथम, कृष्णपुरी मावि रुपाकोट द्वितिय, पशुपति मावि हिलेदेवी तृतिय र मावि मन्दर मेलचौर थौथो भएका छन् ।
सुनापति गाउँपालिकाको प्रायोजन र सुनापति खेलकुद विकास समितिको आयोजनामा सञ्चालित खेकुकूद प्रतियाेगिता सुनापति गाउँपालिकाकाे केन्द्र सम्पन्न भएकाे हाे ।
विजेता खेलाडीहरुलाई बागमती प्रदेशसभाका सांसद युवराज चौलागाई, गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ र खेलकुद विकास समिति सुनापतिका अध्यक्ष होम बहादुर खपाङी मगरले पुरस्कार र प्रमाणपत्र संयुक्त रुपमा वितरण गरेका थिए ।
विजयी प्रतियोगिहरुले क्रमश, २५, २० र १५ हजार नगर पुरस्कारको साथै प्रमाणपत्र प्राप्त गरेका छन् ।
तीन दिनसम्म चलेकाे खेलमा प्रतियोगितामा भलिबल, कबडी, एथेलेक्टिस, लमजम्म, हाइजम्प लगाएका खेल सहभागी गराइएको थियो । प्रतियोगितामा करिब सात सय भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
गाउँपालिकाभित्र रहेका ११ वटा माविका विद्यार्थीहरु सहभागी जनाएका थिए ।
खेलकाे उद्घाटन बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस