सुनापति गाउँपालिकाकाे बजेट ६० कराेड ६२ लाख, के छन् प्राथमिकता क्षेत्रहरू (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | ११:५७:०० मा प्रकाशित
.jpeg)
रामेछाप । सुनापति पालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएकाे छ । पालिकाका उपाध्यक्ष गीता विष्टले असार ३२ गते शनिवार गाउँ सभाको अधिवेशनमा आगामी आर्थिक वर्षको लागि बजेट पेस गरेकी हुन् ।
आर्थिक वर्ष २०७९।८० मा नीति, योजना कार्यक्रम कार्यान्वयन गर्न कुल आयव्यय रु. ६० करोड ६२ लाख २८ हजारको अनुमानित बजेट प्रस्ताव गरिएको छ । कुल प्रस्तावित आय रकममा समानीकरण अनुदानतर्फ १३ करोड ४८ लाख ४९ हजार, सशर्त अनुदान तर्फ २३ करोड ५६ लाख ३२ हजार, राजस्व बाँडफाँड (संघ)तर्फ ६ करोड १० लाख ५१ हजार सामाजिक सुरक्षातर्फ १० करोड सवारी साधन कर बाँडफाँडबाट १ करोड ८५ लाख ४२ हजार, संघीय समपुरक कोष ७० लाख, प्रदेश समपुरक २ करोड ८७ लाख ५४ हजार, प्रदेश विषेश अनुदान ७४ लाख, आन्तरिक आय रु. ३० लाख र बाँकी मौज्दात रु १ करोड हुने प्रक्षेपणगरिएको छ ।
कुल विनियोजन रकममा चालु खर्चतर्फ रु ६ करोड १० लाख ५१ हजार, आर्थिक विकास तर्फ रु.२ करोड पचास लाख, भौतिक पूर्वाधारतर्फ ४ करोड ५० लाख, सामाजिक विकास तर्फ ३ करोड ५० लाख, विपद्व्यवस्थापन तर्फ १ करोड, सुशासन र संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ७५ लाख, समपुरक कोषमा २ करोड ५० लाख, वडागत योजना र कार्यक्रमका लागि रु ३ करोड खर्च हुने प्रक्षेपण गरिएको छ । सामाजिक सुरक्षातर्फ १० करोड खर्च हुने अनुमान गरिएको छ । साथै संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त कार्यक्रमतर्फ २३ करोड ५६ लाख ३२ हजार, विनियाेज गरिएकाे छ ।
“समृद्ध र सुखि सुनापतिः कुषि पर्यटन हाम्रो सम्पति” भन्ने दीर्घकालिन सोचका साथ कृषि, पशुपालन र पर्यटनको विकास एवम्विस्तारलाई मध्यनजर गरी यस आर्थिक वर्षमा समृद्ध र समाजवाद उन्मुख सुनापतिको आधारशिला निर्माण गर्न यो वजेटलाई केन्द्रित गरिएको पालिका अध्यक्ष ठूलाे कान्छा तामाङले बताए ।
गाउँपालिकाको समन्यायिक विकास,श्रोत साधनको समानुपातिक वितरण मार्फत गाउँपालिकाको सबै क्षेत्र वर्गको उत्थान मार्फत न्यायपूर्ण सुनापति समाजको निर्माण बजेट उन्मुख हुने पालिका उपाध्यक्ष गीता विष्टले बताइन् ।
गाउँपालिकाको समग्र पूर्वाधार क्षेत्रको विकासका लागि रु.४ करोड ५० लाख विनियोजन गरिएकाे छ । सुनापतिलाई समृद्ध र सुखि निर्माण गर्न कृषि, पशुपालन संस्कृति पर्यटन, उर्जा, उद्योग र सहकारी क्षेत्रलाई सम्वाहकको रुपमा लिई आर्थिक क्षेत्रको विकासको लागि दुई करोड पचास लाख विनियाेजन गरिएकाे छ । किसानहरुलाई फलफुल खेतिमा आकर्षण गरी फलफुलमा आत्मनिर्भर हुन कम्तिमा ५० बोट फलफुलका विरुवा रोप्ने किसानलाई एक फलफुलको बोट रु. ५० को नोट कार्यक्रम ल्याइएकाे छ ।
त्यसैगरि विपन्न र जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न आवश्यक बजेट विनियोजनदेखि सुनापति गाउँपालिकाको पाचै वटा वडाहरुमा जेष्ठ नागरिक भलाकुसारी केन्द्र निर्माणसम्मका याेजनाहरू रहेका छन् ।
कार्यक्रममा पाँचै वडाका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू, कर्मचारी, पत्रकार, सर्वसाधारणलगायतकाे उपस्थिति रहेकाे थियाे ।
बजेटकाे पूर्णपाठ :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस