डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- गाउँ सहर संवाददाता
- २३ असार सोमबार, २०८२ | १४:०१:०० मा प्रकाशित
काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको क्षतिपूर्तिको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ।
ओपीडी बन्द हुँदा टाढा टाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए ।
उनीहरूलाई खान-बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुङ्गो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस