यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- गाउँ सहर संवाददाता
- २४ असार मंगलबार, २०८२ | १५:४७:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
बैंकले मंगलबार सार्वजनिक गरेको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।
यस्तै शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहँदा आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै विप्रेषण (रेमिट्यान्स) आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ । जसअनुसार जेठ महिनाको विप्रेषण आप्रवाह मात्रै रु.१७६ अर्ब ३२ करोड रहेको बैंकको भनाइ छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ । यसैगरी नेपाल सरकारको खर्च रु.१२८२ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१०१६ अर्ब ९ करोड रहेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४४३ अर्ब १० करोड रहेको थियो ।
जेठसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ०८ हजार ०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ लाख २१० रहेको थियो ।
चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुको अन्तरबैंक कारोबारमा भारी मात्रामा गिरावट आएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा अन्तरबैंक कारोबारमा ५८.६ प्रतिशतले गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरुले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र अन्य वित्तीय सस्थाहरुले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको अन्तरबैंकिङ्ग कारोबार गरेका छन् । यो विवरण अनुसार कुल अन्तरबैंक कारोबार १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा वाणिज्य बैंकहरुले ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ र अन्य वित्तीय सस्थाहरुले ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका थिए । उक्त विवरण अनुसार गत आवको ११ महिनामा जम्मा अन्तबैंक कारोबार ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
प्रतिकृया दिनुहोस