अर्थतन्त्र

स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम

काठमाडाैं । मंगलबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करेक्सन भएर बन्द भएको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।

यस दिन नेप्से परिसूचक ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा झरेको छ। 

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ५६ हजार २७६ पटकको कारोबारमा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुटवल पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ कारोबारमा आएको रसुवागढी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ५.०८ प्रतिशत घटेको छ। मूल्य घटेका अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल रि-इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन बुटवल पावर कम्पनीको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार रकम ४१ करोड नाघेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत