गाउँ सहर

सुनापति गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

सुनापति, रामेछाप । सोनाम ल्होछारको अवसरमा रामेछापकाे सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

पालिकाले एक सूचना जारी गर्दै तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायको बाहुल्यता उक्त पालिकामा तीन दिनसम्म बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष ठूलाेकान्छा तामाङले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत