गाउँ सहर
प्रधानमन्त्री आउने भएपछि सुनापति गाउँपालिकाले दियाे सार्वजनिक बिदा
- गाउँ सहर संवाददाता
- १७ पौष मंगलबार, २०८० | १७:१९:०० मा प्रकाशित

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न जाने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्री 'प्रचण्ड'ले भवनको उद्घाटन गर्ने कार्यक्रमका अवसरमा पालिकाले सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।
सूचनामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैक, वित्तीय संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ। सूचना सार्वजनिक भएलगत्तै बिदा दिएको विषयलाई लिएर आलोचना हुन थालेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस