बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सुनापति गाउँपालिकाकाे आर्थिक सहयाेग
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १५:४२:०० मा प्रकाशित

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले बस दुर्घटनामा मृत्यु भएका परिवारलाई आर्थिक सहयाेग उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाले बस दुर्घटनाका मृतक परिवारलाई जनही ३० हजार रुपैयाँका दरले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको हाे ।
हिजाे मंगलबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिकाे यातायातकाे बा ३ ख ८३९६ नंम्बरकाे बस खनियापानी लुभुघाटमा दुर्घटना १३ जनाको मृत्यु भएकाे थियाे । सहयाेग रकम मृतक परिवारकाे घरघरमा पुगेर बितरण गर्न लागिएकाे पालिका अध्यक्ष ठूलाे कान्छा तामाङले बताए ।
अध्यक्ष तामाङले घाइतेहरूकाे उपचारकाे सम्पूर्ण खर्च अरनिकाे यातायात समितिले बेहाेर्ने जनाएकाे बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल श्रेष्ठले यातायात समितिबाट मृतक परिवारले पाउने क्षतिपूर्ति र घाइतेले पाउने उपचार सेवा छिटाे भन्दा छिटाे उपलब्ध गराउन पहल र अनुगमन गरिने बताए ।
पालिकाले दुर्घटनामा परेकाहरूकाे उद्धारका लागि खटिएका सुरक्षा निकाय, स्थानीय नागरिक, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विभिन्न संघसंस्थाका व्यक्तिहरू, पत्रकार साथै एम्बुलेन्स उपलब्ध गराउनेप्रति धन्यबाद व्यक्त गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस