सुनापति गाउँपालिकाद्वारा तीन उत्कृष्ट कृषकलाई पुरस्कृत
- गाउँ सहर संवाददाता
- २४ असार आइतबार, २०८० | १७:०१:०० मा प्रकाशित

रामेछाप । सुनापति गाउँपालिकाले पशुपन्छिपालन तर्फको तीन उत्कृष्ट कृषकलाई पुरस्कृत गरेकाे छ ।
पालिकाले आइतबार एक कार्यक्रम गर्दै पालिका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता बिष्ट, प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुबेदी तथा वडा अध्यक्षहरुले उनीहरूलाई संयुक्त रूपमा पुरस्कृत गरेका गरेका हुन् ।
पुरस्कृत हुने कृषक तथा फर्महरुमा सुनापति-४, बेथानका मनिष खड्का/शंकर खड्का पशुपन्क्षीपालनतर्फ (सुनापती पशुपन्क्षीपालन तथा अनुसन्धान केन्द्र) सर्वाेत्कृष्ट छनाेट भइ पुरस्कृत भए भने सुनापती-३ हिलेदेविका हरिमाया मगर बाख्रापाल (भक्त कृषि तथा पशुपन्क्षी फर्म) र सुरोज घिसिङ/वीरबहादुर तामाङ बङ्गुरपालनमा (सुनापति स्वाँरा बङ्गुर तथा पशुपन्क्षी फर्म सुनापती) उत्कृष्ट कृषकमा छनाेट हुन सफल भएका हुन् ।
पुरस्कृत हुने कृषकहरू पालिकाकाे पशु सेवा शाखाले पशुपन्छीपालनतर्फ उत्कृष्ट पुरस्कार कार्यक्रममा गाउँपालिकाकाे कार्यालयमा पेश हुन आएकाे आवेदन मध्ये 'सुनापति गाउँपालिकाकाे पशुपन्छीतर्फ उत्कृष्ट कृषक पुरस्कार सम्बन्धी मापदण्ड, २०८०' अनुसार छनाेट भएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस