नारैनारामा अल्झिएकाे सुनापति गाउँपालिकाकाे नीति तथा कार्यक्रम
- गाउँ सहर संवाददाता
- ११ असार शनिबार, २०७९ | १६:४१:०० मा प्रकाशित
.jpeg)
रामेछाप । सुनापति गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
शुक्रबार पालिकाकाे ११औँ गाउँसभाको बैठकमा उपाध्यक्ष गीता विष्टले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम, सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रमदेखि 'समृद्ध र सुखि सुनापति' बनाउन नीति तथा कार्यक्रममा विभिन्न कार्यक्रम तथा नाराहरूकाे फेहरिस्त प्रस्तुत गरेकी छन् ।
यस्ता छन् नाराहरू:
समृद्ध र सुखि सुनापति : कृषि पर्यटन हाम्रो सम्पत्ति
मेरो घर गाउँ स्वस्थ : हामी स्वस्थ
सुनापतिको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा
सुनापतिको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा
बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग
हाम्रो पालिका हामी नै बनाउँछौं
आफ्नै गाउँमा फर्किउँ, आफ्नै गाउँ बनाउँ
कोही भोकै पर्दैन, भोकले कोही मर्दैन
एक घर एक करेसाबारी : एक घर एक टनेल
एक फलफूलको बोट, रु बीसको नोट
श्रमको सम्मान, सुनापतिको अभियान
सुनापतिका बालक, सम्बाहकका साहक
सुनापति गाउँपालिकाको सरोकार, महिलालाई अधिकार
सुनापति गाउँपालिकाको कार्यतालिका : बालविवाह मुक्त हाम्रो पालिका
पानीघाट क्रान्तिको मुहान : सुनापतिको गौरव र शान
त्यसैगरि एक घर एक धारा, उज्यालो सडक, एक विद्यायलय एक बगैँचा, एक विद्यालय एक नर्स लगायत नारा तथा कार्यक्रमहरू नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।
थप तस्बिरहरू:

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
प्रतिकृया दिनुहोस