भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- गाउँ सहर संवाददाता
- २४ असार मंगलबार, २०८२ | ०८:०७:०० मा प्रकाशित

काठमाडाैं । भोटेकोसी नदीमा आज बिहान आएको बाढीले ठूलाे धनजनकाे क्षति भएकाे छ ।
बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुईजना प्रहरी पनि छन् । ९ जनाको उद्धार उनले बताए ।
बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको छ भने पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। तर, बाढी वर्षाको कारणले आएको हो कि अन्य कारणले भन्ने यकिन भइसकेको छैन।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस