भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- गाउँ सहर संवाददाता
- २४ असार मंगलबार, २०८२ | ०८:०७:०० मा प्रकाशित
काठमाडाैं । भोटेकोसी नदीमा आज बिहान आएको बाढीले ठूलाे धनजनकाे क्षति भएकाे छ ।
बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुईजना प्रहरी पनि छन् । ९ जनाको उद्धार उनले बताए ।
बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको छ भने पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। तर, बाढी वर्षाको कारणले आएको हो कि अन्य कारणले भन्ने यकिन भइसकेको छैन।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस