खेल

मोशेस र सर्गम कुमाल पुरुष र महिला खुल्ला तौल समुहमा च्याम्पियन

पोखरा । २२औं माछापुच्छ्रे राष्ट्रिय फुलकन्ट्याक्ट कराते तथा चौंथो क्योकुशिन–कान कराते प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गरेका पोखराका खेलाडी द्वय मोशेस कुमाल र सर्गम कुमाल पुरुष र महिला खुल्ला तौल समुहमा च्याम्पियन बनेका छन् ।

नेपाल क्योकुशिन–कान कराते संघ कास्कीको आयोजनामा पोखराको ऐतिहासिक ढुङ्गेसाँघु मेलामा पौष ३० र माघ १ गते सम्पन्न प्रतियोगितामा उनीहरु चयाम्पियन भएका हुन् । प्रतियोगितामा पुरुष खुल्लातर्फ बाग्मती प्रदेशका खेलाडी अमिर देउलाले रजत पदक जित्दा प्रदेश १ का दिनेश तामाङ र गण्डकीका अनिल गुरुङले कास्यमा चित्त बुझाए ।

पुरुष ५५ के.जी तर्फ गण्डकीका दिपेश गुरुङले लुम्बिनीका हेमन्त बि.क लाई पराजित गर्दै स्वर्ण हात पार्दा हेमन्तले रजतमा चित्त बुझाए भने मधेश प्रदेशका राहुल सिहं र गण्डकीका सोहन सुनारले कास्य पदक हात पारे ।

पुरुष ५० के.जी तर्फ लिला बहादुर बि.कले शिता चुकी प्रहार गरी गण्डकीकै नारायण बि.क लाई नकआउट गर्दै स्वर्ण जित्दा बाग्मतिका सागर भण्डारी र लुम्बिनिका आयुष सुनारले कास्य पदक हात पारे ।

पुरुष ४५ के.जी तर्फ अभिसेक तामाङले सोबित प्रतेललाई पराजित गर्दै स्वर्ण जिते भने अबिशेक पुन र जसन सुनारले कास्यमा चित्त बुझाए पुरुष ४० के.जी तर्फ रितेश गुरुङले स्वर्ण जित्दा बसन्त थापा मगरले रजतमा चित्त बुझाए भने रबिन गौतम र दिपेश पुलामिले कास्य पदक जिते ।

३५ के.जी तर्फ रोशन परियारले समिर अधिकारीलाई पराजित गर्दै स्वर्ण जित्दा असिम सारु मगर र रिजन थापाले कास्यमा चित्त बुझाए । पुरुष ३० के.जी तर्फ सत्कार प्रतेलले स्वर्ण जित्दा शिशिर थापाले रजत हात पारे भने आर्यन अधिकारी र सबिन सुनारले कास्यमा चित्त बुझाए ।

महिला खुल्ला तौल समुहमा सर्गम कुमालले मधेश प्रदेशकी प्रतिमा तामाङका बिरुद्ध दुई वटा वाजारी लिई ईप्पनका आधारमा पराजित गर्दै स्वर्ण जित्दा प्रतिमाले कास्यमा चित्त बुझाईन भने बाग्मति प्रदेशकी सुजिता राई र गण्डकीकी खुश्बु पुनले कास्य पदक जिते ।

महिला ५० के.जी तर्फ गण्डकीकी सर्बदा पौडेलले मधेश प्रदेशकी भवानी बुढाथोकीलाई पराजित गर्दै स्वर्ण जित्दा भवानीले रजतमा चित्त बुझाइन भने बन्दना गुरुङ र सिर्जना पुनले कास्य हात पारे ।

महिला ४५के.जी तर्फ मधेश प्रदेशकी आकृती बिश्वकर्माले गण्डकीकी ज्योति मल्ललाई पराजित गर्दै स्वर्ण जित्दा ज्योतिले रजतमा जित्त बुझाईन भने बाग्मतीकी बिपशा बि.क र मधेश प्रदेशकी सुस्मा गौतमले कास्य हात पारे ।

४० के.जी महिला तर्फ गण्डकीकी अनुष्का बि.क ले स्वर्ण जित्दा बाग्मतीकी सर्मिला माझीले रजतमा चित्त बुझाईन भने अन्जली अधिकारी र तृप्ति जोशीले कास्य हात पारे । महिला ३५ के.जी तर्फ स्वस्तिका सुनारले स्वर्ण जित्दा रजेश्ना सुनार रजत हात पारिन भने सुहाना श्रेष्ठ र आयुषा पन्थीले कास्य हात पारे ।

प्रतियोगिता संचालनका लागि जुरी धन बहादुर तामाङ र दान बहादुर क्षत्री रहेका थिए भने मुख्य निर्णायक सुवास खड्का, शक्ति साह, निर्मल के.सी साथै निर्णयकहरु मुना पुन, अशिम गोर्खाली बिनोद नेगी, सुमन प्रतेल, सम्राट सेन, युवराज काफ्ले, उज्वल कार्की, सुमन बराम र ममता छन्त्याल रहेका थिए ।

कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम र कराते डेमोन्स्ट्रेशन समेत प्रस्तत गरिएको थियो ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सांसद राजिव गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दिपक बहादुर गोदार, पोखरा वडा नं.१५ का वडा सदस्य आशिष भण्डारी, ब्राञ्च चिफ भिम प्रसाद काफ्ले, पोखरा २४ का निवर्तमान वडा अध्यक्ष ओम सुवेदी, सरेन्द्र बहादुर श्रेष्ठ लगायतले मेडल, प्रमाण–पत्र र ट्रफि प्रदान गरेका थिए ।

कार्यक्रममा पोखरामा विमान दुर्घटनामा दिवंगत भएकाहरुप्रति मौनधारण र श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।कार्यक्रम संघका अध्यक्ष तथा ब्राञ्च चिफ लक्ष्मण कुंवरको अध्यक्षतामा भएको थियो ।

तपाईँको मत