गाउँ सहर

बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ। बडादशैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी छ।

विजयादशमीका दिन आफ्नै घरपरिवारका सदस्यसँग टीका र जमरा लगाएकाहरू आज दोस्रो दिन टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गर्दछन्। टाढा रहेका मान्यजनकहाँ पुगेर आशीर्वाद थाप्ने क्रम आजदेखि कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।

नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा रहे पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने परम्परा छ।

बडादशैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक भेटघाट, आपसी सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउने गर्दछ।

गाउँ सहर संवाददाता

तपाईँको मत