वडा अध्यक्ष उम्मेद्वार लावतीले लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने
- गाउँ सहर संवाददाता
- २७ बैशाख मंगलबार, २०७९ | ११:३७:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार विक्रम लावतीले युवाले संचालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने बताएका छन् ।
‘ठूलो संख्यामा युवाहरु विदेश जाने क्रम जारी छ । यो हाम्रो समाजको नकारात्मक अनुभव हो,’ कुम्मायक–२ का राप्रपाका युवा उम्मेद्वार लावतीले चुनावी सभालाई सम्बोधन गर्दै भने ।
‘यसकारण जनताले विश्वास गरेर वडा अध्यक्षमा निर्वाचित गरे, युवाहरुलाई सीप तालिम दिने व्यवस्था मिलाउने छु । युवाले संचालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने प्रबन्ध समेत मिलाउने छु,’ उनले भने ।
युवा उम्मेद्वार लावती आफैं पनि वैदेशिक रोजगारमा कोरिया गएर फर्किएको व्यक्ति भएको कारण, युवाहरुको आकांक्षा, आय र रोजगारको चुनौति बारेमा जानकार रहेको उनले बताए ।
भ्रष्टचारमुक्त प्रशासन कायम गरेर, युवा रोजगार र आय आर्जनमा जोड दिने प्रतिवद्धता लावतीले जाहेर गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस