शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने - नेता जोशी
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | २२:००:०० मा प्रकाशित

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका नेता राजकुमार जोशीले शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पारेको भन्दै, तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘साताको दुई दिन बिदा दिने सरकारको निर्णयले स्थानीय तहमा प्रतिकूल असर पारेको देखिन्छ । विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही र विद्यार्थीमाथि नकारात्मक प्रभाव परेको छ । पाँचथरका भुईँ तहबाट हामीले यस्तै प्रतिक्रियाहरु प्राप्त गरेका छौं,’ राप्रपा पाँचथरका नेता जोशीले बिहीबार भने ।
नयाँ व्यवस्था लागू भएपछि, स्थानीय तहमा स्वास्थ्य चौकीहरु शनिबार र आइतबार बन्द रहने गरेकोले स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाट स्थानीय जनताहरु वञ्चित भएको उनको भनाइ छ । ‘एक्कासी आएको नयाँ व्यवस्थाले विद्यार्थीहरुको पठनपाठनको नियमिततामा अवरोध सिर्जना भएको छ,’ उनले भने ।
‘यसैकारण स्वास्थ्य र शिक्षाको क्षेत्रमा दुई दिनको बिदाबाट उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ जोशीले भने ।
उनले जनताको ढाड भाँच्ने पेट्रोलियम पदार्थको अव्यवहारिक मूल्य वृद्धि फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस