नेता जगत गौचनकाे आसन्न महाधिवेशनमा दोस्रो पुस्ताबाट अध्यक्षको उम्मेद्वार बन्ने चाहना
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | २०:२८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नेतृत्व हस्तान्तरणको बढ्दो मागसँगै नेता जगत गौचनले आसन्न महाधिवेशनमा दोस्रो पुस्ताबाट अध्यक्षको उम्मेद्वार बन्ने चाहना सार्वजनिक गरेका छन् ।
‘तीन जना अध्यक्षहरू सहमति गर्नुहोस् नत्र दोस्रो पुस्ताको वरीष्ठ सदस्यको नाताले म अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गर्दछु । पार्टीलाई सही गन्तव्यमा लैजाने आँट, विश्वास छ, यसमा पार्टीका तमाम साथीहरूमा सहयोग, समर्थनको लागि अनुरोध गर्दछु,’ राप्रपाका निर्देशन समितिका सदस्य गौचनले सोमबार भने ।
राप्रपाका विशेष समिति, निर्देशन समिति, कार्यसम्पादन समिति, केन्द्रीय कार्य समितिका सदस्यहरू लगायत भातृ संगठनका पदाधिकारी समेतको उपस्थितिमा आयोजित महाधिवेशनकेन्द्रीत एक अन्तरक्रिया कार्यक्रममा गौचनले आफ्नो चाहना उद्घोष गरेका हुन् ।
अन्तरक्रियामा धारणा राख्ने अधिकांशले राप्रपाको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनु पर्ने बताएका थिए । राप्रपा बचाउने हो भने नेतृत्व पुस्तान्तरण अनिवार्य छ, नत्र पार्टी प्रजा परीषद्को बाटोमा जाने खतरा रहेको वक्ताहरूले बताए ।
पार्टीलाई एक ढिक्का राख्न दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सारेर, पहिलो पुस्ताको सम्मान र उचित व्यवस्थापन हुनु जरुरी भएको वक्ताहरूले बताए ।
पार्टी विधि र विधानको आधारमा नभएर, नेताहरूको व्यक्तिगत इच्छामा चलेको भन्दै, प्रजातान्त्रिक पार्टीमा विधिको सम्मान जरुरी रहेको भन्दै सहभागी नेताहरूले चिन्ता प्रकट गरे ।
अन्तरक्रियाको क्रममा, पार्टी एकीकरण भएको ढेड वर्ष बितिसक्दा पनि जिल्ला समितिहरू समायोजन नहुनु, बागमती र सात नं प्रदेशहरूले नेतृत्व प्राप्त नगर्नुले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ भन्नेमा शंका व्यक्त गरिएको थियो । यस्तो अवस्थामा स्थानीय तहको निर्वाचनमा कसरी सफलता हात लाग्छ भन्ने प्रश्न उठेको थियो ।
विधान, सिद्धान्त, संगठन र मतदान प्रक्रियाका साथै विगतका गल्ती कमजोरी र भावी अवसरहरू मध्यनजर गर्दै महाधिवेशनको क्रममा खुला र गहन बहस हुनु पर्ने धारणा व्यक्त गरिएको थियो ।
सहभागी नेताहरूले अध्यक्ष पदका आकांक्षी गौचनलगायत सबैलाई आ–आफ्नो कार्यक्रम सार्वजनिक गर्दै देश दौडाहामा निस्कन सुझाव दिएका थिए ।
राप्रपाका लोकप्रिय नेता धवलशम्शेर राणाले यस अघि नै अध्यक्ष पदका लागि उम्मेद्वारी सार्वजनिक गरिसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस