राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- गाउँ सहर संवाददाता
- १७ कार्तिक मंगलबार, २०८३ | १२:४१:०० मा प्रकाशित
काठमाडौँ। नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असार मसान्तको तुलनामा तीन महिनाको अवधिमा बैंकको कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँले वृद्धि भएको छ । गत असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको कुल सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा विदेशी मुद्रा सम्पत्तिको रहेको छ । असार मसान्तमा ३७ खर्ब ३० अर्ब रुपैयाँ रहेको यस्तो सम्पत्ति बढेर असोज मसान्तमा ३९ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको लगानी २८ खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप ६ खर्ब ४९ अर्ब रुपैयाँ नाघेको छ ।
वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नोटको परिमाण ८ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो रकम ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । यसअनुसार तीन महिनामा चलनचल्तीमा रहेको नोटको परिमाण करिब ९५ अर्ब ७६ करोड रुपैयाँले बढेको छ ।
यसैगरी, असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको निक्षेप ६ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सरकारको निक्षेपसमेत बढेर २ खर्ब ७३ अर्ब ९६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
असोज मसान्तसम्म राष्ट्र बैंकको कुल स्थानीय मुद्रा दायित्व २९ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा स्थानीय मुद्रा सम्पत्ति १ खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँ र विदेशी मुद्रा दायित्व ४९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
प्रतिकृया दिनुहोस