विभिन्न दल परित्याग गरी युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | २१:२४:०० मा प्रकाशित

पाँचथर । विभिन्न दल परित्याग गरी युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
वर्तमान परिवेशमा राप्रपाको नीति र सिद्धान्त आवश्यक रहेको भन्दै सत्र जना युवाहरुले राप्रपाको सदस्यता शनिबार ग्रहण गरे ।
नवप्रवेशी युवाहरुलाई कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले राप्रपामा स्वागत गरे ।
‘राजा सहितको प्रजातन्त्र उन्नत प्रजातान्त्रिक पद्धति हो । नर्वे, डेनमार्क, बेलायत, जापान, क्यानाडा जस्ता देश सहितका विश्व अभ्यास र अनुभवले प्रमाणित गरेको यथार्थ हो । आजको सन्दर्भमा युवा तरुणले नेपालमा यो सत्य र आवश्यकतालाई आत्मसात गरेका छन्,’ राप्रपाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका युवा नेता लावतीले फिदिम नगरपालिका परिषद भेलालाई सम्बोधन गर्दै भने ।
नगर परिषदले नन्द विक्रम लावतीलाई फिदिम नगरपालिकाको अध्यक्ष पदम निर्वाचित गरेको छ । नगर परिषदको भेलाले पार्टीलाई एक ढिक्का राख्न विधी र विधानलाई अक्षरक्षः पालना गर्नु पर्ने, पछिल्लो समय मौलाएको पार्टी एकता र हित विपरीत प्रवृत्तिको अन्त्य गर्नु पर्ने निष्कर्ष लिएको छ ।
‘पाँचथरको दुवै क्षेत्रमा दश हजार भन्दा बढी मत पाएको राप्रपाको इतिहास छ । त्यो अवस्था अझ पनि कायम गर्न सकिन्छ । तर हालै देखिएको स्वेच्छाचारी प्रवृत्तिले कार्यकर्तालाई चिन्तित तुल्याएको छ,’ केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
सह–अध्यक्ष राजकुमार जोशीले विधिसम्मत रुपमा पार्टी संचालन गर्नु पर्ने, यसमै बृहत्तर हित अन्तरनिहीत रहेको बताए । राजकुमार सम्बाहाम्फेको अध्यक्षतामा नगर परिषदको भेला सम्पन्न भएको थियो ।
पार्टीका खम्बालाई सम्मान
राप्रपा स्थापना भए यता राप्रपालाई खम्बाको रुपमा निरन्तर योगदान पुर्याएकोमा पाँचथर जिल्ला कार्य समितिले वरीष्ट सदस्य नरबहादुर लावतीलाई कार्यक्रमबीच सम्मान गर्यो । युवा नेता लावतीले दोसल्ला ओडाएर वरीष्ट सदस्य नर बहादुर लावतीलाई सम्मान गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस