राप्रपाका अध्यक्षद्वय राणा र लोहनीनिकट दोस्रो-तेस्रो तहका नेताहरू महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १८:५४:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरुले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय गरेका छन् ।
राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको सोमबार सम्पन्न भेलाको निष्कर्ष थियो ।
‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाको निचोड रह्यो,’ राप्रपाका नेता सगुन सुन्दर लावतीले भने ।
‘दुई अध्यक्षज्यूहरुले पार्टी हित र एकताका लागि निर्वाचन दौडबाट अलग रहने निर्णय गर्नु भएको परिप्रेक्ष्यमा, अर्का अध्यक्षज्यूले पनि अभिभावकको सम्मानित भूमिकामा बस्नु स्वागतयोग्य हुने विषयमा भेलाको गम्भीर ध्यानाकर्षण भयो,’ लावतीले भने ।
अध्यक्ष राणाले यस अघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरीसकेका छन् । अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समथर्न गर्दै उम्मेद्वारी नदिने निष्कर्षमा पुगेका छन् । यस सम्बन्धमा लोहनीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
राप्रपाका अध्यक्षत्रय मध्ये कमल थापा मात्र निर्वाचनको दौडमा छन् । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दैै राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
‘अध्यक्षद्वय राणा र लोहनीले अभिभावकको भूमिकामा बस्ने निर्णय गरीसक्दा अध्यक्ष थापाले मात्र कनिष्ट पुस्तासँग सिंग जुधाउनु असुहाउँदिलो हुन्छ,’ भेलामा सहभागी एक नेताले भने । ‘अध्यक्ष थापाले चुनाव नलड्दै उहाँको सम्मान बढ्छ, पार्टीको एकता र विश्वसनीयता अभिवृद्धि हुन्छ ।’
भेलामा पूर्व मन्त्रीहरु दुर्गा श्रेष्ठ, आङ छिरिङ शेर्पा, जगत गौचन, पूर्वमहामन्त्री राजाराम श्रेष्ठ, सभासदद्वय शयन्द्र वान्तवा र बबिना मोक्तान लावती, युवा नेताहरु रवीन्द्र प्रताप शाह, किशोर बहादुर कार्की, दिनेश कार्की, गोपाल दाहाल, प्रवीण थोकर, प्रेम बलायर, मीना सुवेदी, विजकला राई, गोपी ढकाल, राजु लोहनी, प्रेम देसार, यज्ञबहादुर सिंह, कालीबहादुर शाही, मनिराज तामाङ, गोपी शर्मा, लालबहादुर घिसिङ, जिल्ला अध्यक्ष विकास महत, विद्यार्थी नेताहरु धनशुर शाही, एन्टीसंघर्ष राई लगायत पाँच दर्जन सहभागी उपस्थित थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस