शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नुपर्ने : नेता सगुन सुन्दर लावती
- गाउँ सहर संवाददाता
- २७ जेठ बिहीबार, २०७८ | १४:४२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले सुखी, खुशी, समावेशी नेपाल निर्माण गर्न त्रुटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नु पर्ने बताएका छन् ।
‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष दरबार अर्थात् राजसंस्थालाई पाखा राखेर नयाँ नेपाल, दिगो शान्ति प्राप्त भएन । हालसम्मको प्रयास र राजनीतिक प्रक्रिया सफल भएन । त्यसकारण सुखी, खुशी र समावेशी नेपाल प्राप्त गर्न, पूर्वाग्रही मार्गचित्र त्यागेर राजसंस्था सहितको व्यवहारिक प्रजातन्त्र आवश्यक भएको छ,’ राप्रपाका कार्यसम्पादन सदस्य लावतीले ‘सफ्ट टक’ अनलाइन सम्वाद श्रृङ्खलामा बोल्दै भने ।
राष्ट्रियता, प्रजातन्त्र सुढृद तुल्याउन, नयाँ द्वन्द्वको संभावना निमिट्यान्न पार्न राजसंस्था, सनातन हिन्दुराष्ट्र पक्षधरलगायत सबै नेपालीहरु एक ठाउँ बसेर वर्तमान संकट निवारण गर्नु पर्ने लावतीको भनाइ छ ।
संविधान र पद्धति संकटग्रस्त भएको भन्दै लावतीले, कार्यपालिका, व्यवस्थापिका, राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर पछिल्लो समय न्यायालय नै विवादको घेरामा परेको भन्दै चिन्ता प्रकट गरे ।
‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान च्याते भन्ने निष्कर्ष छ । तर सोही आरोप लगाउने पक्षलगायतले संविधान, कानुन, विधी पाइला, पाइलामा च्यातेका छन्,’ उनले भने ।
‘संविधानसभा पूर्ण रुपमा गठन नै नभई राजसंस्था फालियो । संविधानसभाका सदस्यहरुको सहभागिता र जानकारी बिना संविधानसभा बाहिर गरिएको निर्णय संविधानसभा माथि लाद्ने काम गरियो । मध्यरातपछि पटक–पटक संविधानसभालाई रबर स्ट्याम्प बनाइयो,’ राप्रपाका युवा नेताले भने ।
‘बास्तवमा आफूलाई विधिभन्दा माथि राख्ने राजनीतिक नेता, पात्रका कारण आज राष्ट्रले यो नियति भोग्नु परेको छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस