जनादेशको अवमूल्यन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुकाे ठहर
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | १९:१६:०० मा प्रकाशित
पाँचथर । सत्तारुढ दल सत्ता र स्वार्थमा लिप्त हुँदा स्थायित्व र समृद्धिको पक्षमा जारी जनादेशको अवमूल्यन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।
‘देशको इतिहासमा यति ठूलो बहुमत हालसम्म कसैले पाएको थिएन । तथापि जनताको चाहना विपरीत, कुर्सीको लागि राजनीतिक विकासक्रमलाई अध्याँरो सुरुङमा छिराउने प्रयास भयो, जनादेशको मानमर्दन गरियो,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
‘त्यसैले राष्ट्रियता र प्रजातन्त्रलाई सुढृद तुल्याउन नयाँ शीराबाट अघि बढ्नु पर्ने अवस्था सिर्जना भएको छ । जनचाहना बमोजिम अबको विकल्प भनेकै दलभन्दा माथि रहने निष्पक्ष राजसंस्था हो, सबै धर्म, आस्था, परम्परा अटाउने सनातन हिन्दुराष्ट्र हो,’ फिदीम नगरपालिका वडा नं १२, नांगीनमा सम्पन्न पार्टी भेलालाई सम्बोधन गर्दै केरुङले भने ।
सम्बोधनकै क्रममा जिल्ला अध्यक्ष राजकुमार जोशीले राप्रपा अब जनतामाझ क्रियाशील रहने बताए ।
‘देशको आवश्यकता, जनताको चाहना पूरा गर्न युवा पुस्तासँग हामी हातेमालो गर्नेछौं । देशव्यापी देखिएको जनलहर अनुरुप देशलाई सही मार्गमा अघि बढाउन राजसंस्था र हिन्दुराष्ट्रको मागलाई निष्कर्षमा पुर्याउनेछौं,’ अध्यक्ष जोशीले भने ।
सोही अवसरमा डा. डिल्लीप्रसाद चापागाईको अध्यक्षतामा राप्रपाको वडा नं १२ को वडा कार्य समिति पूनर्गठन गरियो । जिल्ला उपाध्यक्ष नरबहादुर लावती, फिदिम नगर अध्यक्ष राजकुमार सम्बाहाम्फेले पूनर्गठित एघार सदस्य वडा कार्य समितिलाई सफलताको शुभकामना दिए । वडा भेला गुर्जमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस