जनादेशको अवमूल्यन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुकाे ठहर
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | १९:१६:०० मा प्रकाशित

पाँचथर । सत्तारुढ दल सत्ता र स्वार्थमा लिप्त हुँदा स्थायित्व र समृद्धिको पक्षमा जारी जनादेशको अवमूल्यन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।
‘देशको इतिहासमा यति ठूलो बहुमत हालसम्म कसैले पाएको थिएन । तथापि जनताको चाहना विपरीत, कुर्सीको लागि राजनीतिक विकासक्रमलाई अध्याँरो सुरुङमा छिराउने प्रयास भयो, जनादेशको मानमर्दन गरियो,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
‘त्यसैले राष्ट्रियता र प्रजातन्त्रलाई सुढृद तुल्याउन नयाँ शीराबाट अघि बढ्नु पर्ने अवस्था सिर्जना भएको छ । जनचाहना बमोजिम अबको विकल्प भनेकै दलभन्दा माथि रहने निष्पक्ष राजसंस्था हो, सबै धर्म, आस्था, परम्परा अटाउने सनातन हिन्दुराष्ट्र हो,’ फिदीम नगरपालिका वडा नं १२, नांगीनमा सम्पन्न पार्टी भेलालाई सम्बोधन गर्दै केरुङले भने ।
सम्बोधनकै क्रममा जिल्ला अध्यक्ष राजकुमार जोशीले राप्रपा अब जनतामाझ क्रियाशील रहने बताए ।
‘देशको आवश्यकता, जनताको चाहना पूरा गर्न युवा पुस्तासँग हामी हातेमालो गर्नेछौं । देशव्यापी देखिएको जनलहर अनुरुप देशलाई सही मार्गमा अघि बढाउन राजसंस्था र हिन्दुराष्ट्रको मागलाई निष्कर्षमा पुर्याउनेछौं,’ अध्यक्ष जोशीले भने ।
सोही अवसरमा डा. डिल्लीप्रसाद चापागाईको अध्यक्षतामा राप्रपाको वडा नं १२ को वडा कार्य समिति पूनर्गठन गरियो । जिल्ला उपाध्यक्ष नरबहादुर लावती, फिदिम नगर अध्यक्ष राजकुमार सम्बाहाम्फेले पूनर्गठित एघार सदस्य वडा कार्य समितिलाई सफलताको शुभकामना दिए । वडा भेला गुर्जमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस