गाउँ सहर

प्रदेश सरकारले स्पष्टीकरण सोधेपछि अस्पतालको पत्रकार सम्मेलन

लेखनाथ । गण्डकी प्रदेश सरकारले स्पष्टीकरण सोधेपछि संक्रामक तथा सरुवा रोग अस्पतालले पत्रकार सम्मेलन गरेको छ । गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा नियुक्त अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलसहित पदाधिकारीलाई गण्डकी प्रदेश सरकारले २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेपछि अस्पतालले पत्रकार सम्मेलन गरेको हो ।

अस्पताल व्यवस्थापन एवम् सञ्चालक समितिका अध्यक्ष पां.डा.कुष्ण प्रसाद पौडेलले पत्रकार सम्मेलनमा बोल्दै समाजलाई विकृत बनाउने अधिकार कसैलाई नभएको बताए । गण्डकी प्रदेश सरकारले पौडेलसहित चार जना पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेपछि बिहिबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले उक्त कुरा बताएका हुन् । उनले सचेत नागरिकले त्यस्ता विकृति विरुद्ध आवाज उठाउनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा पौडेलले संक्रामक तथा सरुवा रोग अस्पतालन व्यवस्थापन तथा सञ्चालक समिति गठन आदेश २०७७ को दफा ४ मा उल्लेख भएबमोजिम समितिले कार्य गरेको बताए । व्यवस्थापन तथा सञ्चालक समितिले गरेका कार्यहरुको बारेमा जानकारी दिंदै पौडेलले अस्पतालमा तत्कालीन लेखनाथ सामुदायिक लायन्स अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिंदै ६ शैयाको उपचार कक्ष, १५ शैयाको एच.डि.यु., छ शैया इमरजेन्सी, २८ शैयाको आइसोलेसन गरी जम्मा ५५ शैया, ल्याब, फार्मेसी, डि.आर. एक्सरे सुविधा समेत रहेको उनले बताए ।

कोभिड–१९ को दोस्रो लहरले देशलाई नै आक्रान्त बनाएको अवस्थामा विभिन्न निकायको सहयोग र सद्भावका कारण गण्डकी प्रदेश सरकार अन्तर्गतका १२ वटा अस्पतालहरुमध्ये सबैभन्दा धेरै एक हजार तिन सय ४२ कोभिड–१९ का बिरामीहरुलाई निशुल्क उपचार सेवा प्रदान गरिएको, १५ हजार भन्दा बढी कोभिडको खोप लगाइएको र हालसम्म पनि कोभिड खोप नियमित रुपमा लगाउँदै आइरहेको उनलेले बताए ।

अस्पताल व्यवस्थापन तथा सञ्चालक समिति गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव चिन्तित रहेको बताउँदै आफूहरुलाई कुनै जानकारी नदिइकन एक्कासी प्रदेश सरकारबाट स्पष्टीकरण मागिनु राजनीतिक पूर्वाग्रह भएको पौडेलले बताए । समितिले गरेका कामको वारेमा जनस्तरबाट सही मूल्यांकन हुने पनि उनले बताए ।

यसै गरी प्रा.डा. ध्रुव अधिकारीले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा आफूहरुलाई समितिमा बसेर काम गरिदिन आग्रह गरेका कारण आफूहरु तिन वर्षे कार्यकालको लागि नियुक्ति भएको बताउँदै काम गर्ने व्यक्तिहरुको कामको मूल्यांकन नगरी स्पष्टीकरण सोधिनु काम गर्ने व्यक्तिहरुको अपमान भएको बताए ।

यदी तपाइहरुलाई समितिबाट हटाएमा के गर्नु हुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, आफूहरु कुनै पनि राजनिति पार्टीको सदस्य नभइ निष्ठापूर्वक अस्पतालमा सेवा प्रदान गरेकाले आफूहरु न्यायको लागि अदाल जाने पनि बताए ।

यसैगरी मेजर रामप्रसाद गुरुङले आफूले तत्कालीन लेखनाथ सामुदायिक अस्पतालदेखि हालसम्म अस्पताको समितिमा रहेर सेवा गरेको बताउँदै गण्डकी प्रदेश सरकारले कुनै मूल्यांकन नगरी स्पष्टीकरण मागिनु राजनीतिक पूर्वाग्रह भएको गुनासो गरे । आफूले सरकारले सोधे बमोजिमको स्पटीकरण पेश गरेको बताउँदै आफूले गरेको योगदानको मूल्यांकन हुने पनि विश्वास व्यक्त गरे ।

त्यस्तै पदेन सदस्य एवम् वडा नं. ३० वडा अध्यक्ष श्रीराम पोख्रेलले सुरुदेखि नै समितिले उत्कृष्ट कार्य गर्दै जनतालाई सेवा प्रदान गरिरहेको बताउँदै समिति गठन भएको एक वर्ष नपुग्दे स्पष्टीकरण सोध्नु विडम्बना भएको बताए ।

पौडेललाई क्याबिनेटले स्पष्टीकरण सोधेपनि बाँकी तीन जनालाई स्वास्थ्य मन्त्रालयले पत्र पठाएर स्पष्टीकरण मागेको हो । डा. धुव्र अधिकारी, मे. रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरालाई कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधिएको जनाइएको छ ।

तपाईँको मत