राजनीति

सहमहामन्त्री पदको मतगणना केहीबेरमा सुरू हुने

काठमाडाैं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ ।

अहिले केहीबेरमा पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतगणनाअघि निर्वाचन समितिको बैठक बसिरहेको छ । 

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको हाे ।

उनले त्यसका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिएका छन् । अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

गाउँ सहर संवाददाता