कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- गाउँ सहर संवाददाता
- २२ असोज बिहीबार, २०८३ | १९:४८:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारका लागि तय गरिएको मतदान शुक्रबारलाई सारियो । निर्वाचन समितिले मतदानका लागि आवश्यक मतपत्र समयमै छाप्न नसकेपछि निर्वाचनको समय धकेलिएको हो । बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो । कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको छ ।
उनले भने, “८५० जनाले मनोनयन पत्र दर्ता गराउनु भएको छ । उहाँहरूको वैधताका विषयको परीक्षण सकिएको छ । संख्या धेरै भएपछि समय लाग्यो । २३ वटा मतपत्र आवश्यक हुन्छन् । डिजाइन गरिएको छ । एक लाख ८० हजार मतपत्र जम्मा आवश्यक हुने भयो । हामीले दुई लाख मतपत्र छपाइ गरेका छौँ ।”
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ । निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समयसीमा तोकेको छ । शुक्रबार साँझ ५ बजेसम्म मतदानको प्रक्रिया पूरा हुने दाबी गरिएको हो ।
तीन दिनभित्र मतपरिणाम
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन् । उनका अनुसार, मतपत्रको छपाइ, मतदानस्थल, मतपेटिका र जनशक्तिको तयारी पूरा भइसकेको छ ।
शुक्रबार मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ । पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ । मतगणनाका लागि पाँचसय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।
उनले भने, “मत गणना गर्न जनशक्तिको अभाव हुँदैन । पाँचसय जना तयारी अवस्थामा राखेका छौँ । पार्टी कार्यालयमा स्थान पनि प्रशस्त छ । १२/१३ स्थालमा एकैपटक सुरु गर्छौँ । तीन दिनभित्र सबै नतिजा आउँछ । प्रतिनिधिहरूले दशैँ घरमै मनाउन पाउनुहुन्छ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
- कांग्रेस महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदै
प्रतिकृया दिनुहोस