सिटिजन लाइफ इन्स्योरेन्सद्वारा झापाका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर शनिबार, २०७८ | १५:१४:०० मा प्रकाशित

झापा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले बीमा दाबी भुक्तानी गरेको छ ।
सहकारीमार्फत लिएको बीमितको ऋण बीमा बापतको रकम इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको हो ।
झापा चन्द्रगढी शाखा प्रमुख बिपिन राइ, सिनियर एजेन्सी मेनेजर इश्वरी प्रसाद बराल तथा शाखाका सम्पूर्ण एजेन्सी मेनेजरहरुले आदर्श साकोसलाई हस्तान्तरण गरेका हुन् ।
आदर्श साकोसले चन्द्रगढी शाखामार्फत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ऋण बीमा गरेकी लक्ष्मीकुमारी केरुङ्गको निधन भएकोमा ऋण बापतको रकम तथा काज किरिया खर्च समेत गरि दुई लाख दस हजार आदर्श साकोसका व्यवस्थापक प्रकाश पोखरेललाई हस्तान्तरण गरिएको हो ।
कम्पनीका चन्द्रगढी शाखा प्रमुख राइले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद घडीमा कम्पनीले सहज रुपमा दावी भुक्तानी गरी बीमाप्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैँ बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस