प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- गाउँ सहर संवाददाता
- २९ भदौ आइतबार, २०८२ | १२:१६:०० मा प्रकाशित

काठमाडाैं । भदौ २४ गते काठमाडौं लगायत देशभर भएको प्रदर्शन क्रममा मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा सो निर्णय भएको जानकारी दिइएको हो।
प्रदर्शन क्रममा मृत्यु भएकाहरूले सहिद घोषणा गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ।
पदभार ग्रहणको प्रत्यक्ष प्रसारण गरिएको छ।
प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि कार्यक्रममा जानकारी दिइएको छ।
जेनजीको आह्वानमा भएको प्रदर्शन क्रममा गत सोमबार प्रदर्शनकारीहरू संसद भवन घेर्न पुग्दा सुरक्षाकर्मीले गोली चलाएको थियो।
प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ।
त्यसमध्ये ५९ जना प्रदर्शनकारी,१० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेको पनि जानकारी दिइएको छ।
त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ।
क्षतिको विवरण तत् मन्त्रालयहरूलाई संकलन गर्न भनिएको पनि कार्यक्रममा जानकारी दिइएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस