सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैंगिक हिंसा सम्बन्धी कार्यक्रम
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर सोमबार, २०८१ | १७:३४:०० मा प्रकाशित

काठमाडौं । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउने विषयमा छलफल र परामर्श गरेको छ । छलफलमा सहभागीहरुले यसका लागि आवश्यक पहल गरी समस्या समाधानमा आवश्यक भूमिका खेल्ने बताएका थिए ।
कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा ११ जना सदस्यसहितको वीमेन्स फोरम पनि गठन गरिएको छ । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरूमाथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले वीमेन्स फोरम गठन गरिएको बताइएको छ ।
सिटजन लाइफले विश्वव्यापी रूपमा चलिरहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शूक्रबार कम्पनीको प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’को विषयमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा र व्यवसायिक संस्थाहरूले अपनाउनुपर्ने कानुनी व्यवस्थाबारे विस्तृत रूपमा प्रशिक्षित गरिन् ।
कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता भएर काम गर्न उनले प्रोत्साहनसमेत गरिन् । सचिव अर्यालले, लैङ्गिक हिंसा महिलाहरू माथि मात्र नभइ पुरुषहरूमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रूपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् ।
फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गर्नूभयो र फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस