सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण
- गाउँ सहर संवाददाता
- १२ पौष शुक्रबार, २०८१ | १९:१७:०० मा प्रकाशित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई ट्र्याक सुट वितरण गरेको छ ।
शुक्रवार उक्त विद्यार्थीहरूका लागि कम्पनीले विद्यालयको जाडो महिनाको पोसाक ट्र्याक सुट वितरण गरेको हो ।
श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको थियो । काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित केही क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरूलाई न्यानो पोसाक वितरण गरेको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बि. सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको पनि उपस्थित थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस