सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण आइतबार, २०८१ | २०:०४:०० मा प्रकाशित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी २०२५ (मिलियन डलर राउन्ड टेबल) कार्यक्रम सम्पन्न भएको छ । दुई दिने उक्त कार्यक्रम यही फागुन ९ र १० गते भरतपुरको चितवनस्थित, सिराइचुली होटेलमा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल, उत्कृष्ट लिडरहरुलाई सम्मान गर्नुका साथै आउँदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल तथा प्रशिक्षण प्रदान गर्नु पनि रहेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकोे आधारमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बि.सी., प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, साथै उत्कृष्ट कार्य गर्दै छनोट भएका शाखा प्रमुखहरु र केही विभागीय प्रमुखहरु गरी ७० जनाको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा, ४२ जना एमडीआरटी क्वालिफायर र ३ जना सि.ओ.टि. क्वालिफायरलाई खादा, माला, प्रमाणपत्र, र पुरस्कारसहित सम्मानित गरिएको थियो । यस कार्यक्रमको उद्देश्य सम्मान मात्र नभइ उपस्थित सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्नु पनि रहेको हुनाले उक्त कार्यक्रममा तालिम प्रदान गर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक तथा बीमा विशेषज्ञ हिमान्शु जोशीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ । यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव रहेको छ ।
उक्त कार्यक्रमको समापनको अवसरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताउँदै आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
प्रतिकृया दिनुहोस