सिटिजन लाइफ इन्स्योरेन्सको मैतिदेवीमा स्थानान्तरित शाखा उद्घाटन
- गाउँ सहर संवाददाता
- १२ कार्तिक सोमबार, २०८१ | १९:१८:०० मा प्रकाशित
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीमा स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेको छ । सोमबार एक समारोहकोमार्फत कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै कम्पनीका केही विभाग प्रमुखहरू, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरूलगायत केही सिटिजन लिडरहरू र स्थानीयको उपस्थिति थियो ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
सो अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले कम्पनीले हसिल गरेको सफलतामा गौरवान्वित भएको बताए । ब्राण्ड एम्बेस्डरद्वयले संस्थाले सधैँ आफुहरूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउँदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गर्नु भएकोमा बधाईका साथै शुभकामना व्यक्त गरे ।
कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरूमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस