सिटिजन लाइफद्वारा घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १९ असोज शनिबार, २०८१ | १२:१७:०० मा प्रकाशित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले घातक रोगको दावी भुक्तानी वापत २० लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रबार धरान शाखा प्रमुख खगेन्द्र तोलाङ्ग र शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी बीमित सोनिका राईलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेको हो ।
धरान-१५ निवासी सोनिया राईले सिटिजन शुभारम्भ बीमा योजनामा २० लाख रूपैयाँ बराबरकाे बिमाङ्कको २० वर्षे जीवन बीमा गरि दोश्रो किस्ता बुझाएकी थिइन्। पेशाले फार्मेसीयन ३० वर्षिया राई अचानक बिरामी भइ जाँच गर्ने क्रममा मिर्गाैला फेल भएको डाक्टरबाट थाहा भएपछि भारतको दिल्लीमा सफलतापूर्वक दुवै मृगौला प्रत्यारोपण गरि फर्किएकी हुन् ।
शाखा प्रमुख तोलाङ्गले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्न सुझाए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व समेत पुरा गरेको र समस्त नेपाली जनतालाई आर्थिक सुरक्षाको लागि बीमा अत्यावश्यक र अनिवार्य भएको बताए ।
'संसारका सम्पूर्ण भौतिक चिजहरु हामीलाई जुन बेला आवश्यक पर्छ त्यही बेला किन्न सकिन्छ तर बीमा त्यसतो चिज हो जुन आवश्यक परेको बेला किन्छु भन्दा नपाउन सकिन्छ, त्यसैले बिमा गर्नु खर्च हाेइन बचत र अफ्ठेराेकाे सुरक्षा कवज हाे', शाखा प्रमुख तोलाङ्गले भने ।
बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको र सिटिजन लाइफमा बीमा गरेर आर्थिक रुपले ढुक्क हुन सकिने बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे ।
बिमितको बुबा आशबहादुर राईले बीमाकाे महत्वबारे भने- 'बिमा भन्ने कुरा अभिकर्ता र कम्पनीको लागि नभइ आफ्नो लागि रहेछ भन्ने बल्ल थाहा भयाे । कागजातसहित प्रक्रिया पुरा गरेमा सहजै दावी भुक्तानी पाइने रहेछ । आफ्नो छोरीको बिमा गर्ने एजेन्सी म्यानेजर एलि प्रधानलाईसमेत हृदयबाट धन्यवाद छ ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस