नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- गाउँ सहर संवाददाता
- ३० भदौ सोमबार, २०८२ | ०७:५१:०० मा प्रकाशित

ललितपुर । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दीले हालसम्म आत्मसमर्पण गरेको नख्खु कारागार प्रशासनले जानकारी दिएको छ । कारागार प्रशासनले सम्पूर्ण फरार कैदीबन्दीलाई उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न सार्वजनिक अपिल गरेपछि उनीहरु सम्पर्कमा आएका हुन् ।
नख्खु कारागारमा रहेका तीन ब्लकमा जम्मा एक हजार २८१ कैदीबन्दीमध्ये हालसम्म २०६ जना फर्किसकेका र केही सम्पर्कमा आइसकेको कारागार प्रशासनका सूचना अधिकारी मुरारी कार्कीले जानकारी दिए । कारागार प्रशासनले फरार सबैलाई कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।
साथै सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सम्पर्कमा आउनेको हकहितको रक्षा गर्दै पुनः स्थापना प्रक्रियामा आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
प्रतिकृया दिनुहोस