शेयरबजार : ६९ अंकले बढ्याे नेप्से, काराेबार रकम पनि साढे पाँच अर्बमाथि
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । अघिल्लाे दिन (साेमबार) दाेहाराे अंकले बढेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार पनि उच्च अंकको वृद्धि भएको छ ।
मापन गर्ने सूचक ६९.२२ अंकले घटेर परिसूचक २७८४.५८ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेकाे छ । ७ कम्पनीको मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ ।
शेयरमूल्यमा उच्च बृद्धि हुनेमा नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार प्राधिकरण, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, प्रभु इन्स्योरेन्स लगायत छन् ।
सबैभन्दा धेरै शेयर मूल्य घट्ने विजय लघुवित्तको शेयरमूल्य २.३७ प्रतिशते घटेको छ ।
कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले इन्डस्ट्री एभरेजका आधारमा मुद्दती निक्षेपमा थोरैमात्र ब्याजदर बढाएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस