नेप्सेसँगै काराेबार रकममा पनि बृद्धि, अधिकांश जलविद्युत कम्पनीकाे मूल्यमा सर्किट
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | १५:३८:०० मा प्रकाशित

काठमाडौं । सोमबार शेयरबजार परिसूचक नेप्से उच्च अंकले बढेकाे छ । यसदिन नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ अंकमा पुगेको छ ।
यस दिन नेप्सेमा २२९ कम्पनीको ५३ हजार ७९२ पटकको कारोबारमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको ८३ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो दिनको कारोबारमा उपसमूहतर्फ फाइनान्सतर्फ ७.८१ प्रतिशत, जलविद्युत् ७.५७ प्रतिशत, विकास बैंक ६.५ प्रतिशतले बढेको छ ।
साथै, यो दिनको कारोबारमा २ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा मल्टिप्रपोज फाइनान्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, शिव श्री हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, दिव्यश्वरी, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत् कम्पनी, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट, अरुण काबेली पावरलगायत कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन १६ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
नेप्सेसँगै काराेबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस