नेप्सेसँगै काराेबार रकममा पनि बृद्धि, अधिकांश जलविद्युत कम्पनीकाे मूल्यमा सर्किट
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | १५:३८:०० मा प्रकाशित
काठमाडौं । सोमबार शेयरबजार परिसूचक नेप्से उच्च अंकले बढेकाे छ । यसदिन नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ अंकमा पुगेको छ ।
यस दिन नेप्सेमा २२९ कम्पनीको ५३ हजार ७९२ पटकको कारोबारमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ बराबरको ८३ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो दिनको कारोबारमा उपसमूहतर्फ फाइनान्सतर्फ ७.८१ प्रतिशत, जलविद्युत् ७.५७ प्रतिशत, विकास बैंक ६.५ प्रतिशतले बढेको छ ।
साथै, यो दिनको कारोबारमा २ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा मल्टिप्रपोज फाइनान्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, शिव श्री हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, दिव्यश्वरी, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत् कम्पनी, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट, अरुण काबेली पावरलगायत कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन १६ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
नेप्सेसँगै काराेबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस